Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान राजीनामा दिएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ । 

खनाल २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । २०७५ पुस ११ मा तत्कालीन अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि वरिष्ठ निर्देशक पदमा कार्यरत खनाललाई सरकारले निमित्त अध्यक्षको जिम्मेवारी दिएको थियो । पछिल्लो समय मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को पूर्ण कार्यान्वयनमा समस्या आइरहेको बेला  प्राधिकरणका अध्यक्ष खनालले राजीनामा बुझाएका हुन्।

त्यस्तै, टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको भन्ने विषय उठिरहेको छ। इन्टरनेट सेवा प्रदायकहरूसँग कर असुलीलगायत मुद्दाहरू पनि चलिरहेको छ ।