सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् ।
गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।
त्यसपछि पनि कर्फ्यु आदेश जारी गरिएको थियो ।
