Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी चन्द्रागिरिका पदाधिकारी तथा कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान

घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी चन्द्रागिरिका पदाधिकारी तथा कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आयोजना तथा बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा आयोजित घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आज पौष २१ गते शनिबार काठमाडौंमा चन्द्रागिरि नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । चन्द्रागिरि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक घनश्याम लुइटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी व्यापक चर्चा तथा अभिमुखीकरण गरिएको थियो । 

nepal raibar 3.png

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि प्रमुख अतिथि, प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्याल विशिष्ट अतिथि रहेको सो कार्यक्रममा चन्द्रागिरि नगरपालिका सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ, बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदी तथा वर्ल्ड भिजन इन्टरनेश्नल नेपालका भरत लामाङ लगायत अतिथिका रुपमा उपस्थिति थियो ।कार्यक्रमको उद्येश्यबारे बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदीले प्रष्ट पार्दै मन्तव्य दिएका थिए ।

New Project (1).png

अभिमुखीकरण कार्यक्रममा पञ्जीकरण विभागका निर्देशक दिल कुमार तामाङले नेपालमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको अवस्था तथा मुख्य घटना दर्ता सम्बन्धि विद्यमान ऐन नियमका बारेमा जानकारी तथा चर्चा गरेका थिए।

nepal raibar 2.png

कार्यक्रममा सहभागीहरुले पञ्जीकरण विभागका निर्देशक तामाङसँग बृहत अन्तर्क्रिया गरेका थिए । ख्य घटना दर्ता सम्बन्धि कार्यमा भएका समस्या र चुनौती तथा अफ्ठ्याराबारे सहभागिहरुले आफ्ना अनुभवसहितका जिज्ञासाहरु राखेका थए भने विभागका निर्देशक तामाङले सो जिज्ञासाको समाधान पनि गरेका थिए । 

ghanashyam giri.png

कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कार्यक्रमबाट सहभागिहरुले भरपुर लाभ लिने तथा यसपश्चात कार्यक्षेत्रमा काम गर्दा सहज हुने विश्वास व्यक्त गरे।