सर्लाहीमा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो । सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन् ।
उनको टाउकोमा गोली लागेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले स्थिति तनाबग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको बताए ।
उनले भने, ूएकजनागम्भीर घाइते भएको सूचना आएको छ, प्रदर्शनकारीका कारण प्रहरी घटनास्थलसम्म पुग्न सकेको छैन ।ू