Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रौतहटबाट नक्कली नोटसहित एकजना पक्राउ

 रौतहटको देवाही गोनाही नगरपालिका–८, पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट सहित एकजना पक्राउ परेका छन् ।  गुजरा नगरपालिका–५, हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट एक हजार दरको एक हजार ८४३ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटीएम कार्ड पाँच थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक तीन थानसहित पक्राउ गरेको जनाइएको छ ।