Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 बोटलर्स नेपाल तराई, मन्दाकिनी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  यी कम्पनीहरुले शुक्रबमार बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । 

बोटलर्स नेपाल तराईले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ ।  त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।  त्यस्तैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।