Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई एपोलो डाइग्नोस्टिकमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोस्टिकमा सेन्टरसंग सम्झौंता गरेको छ । महालक्ष्मी विकास बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस अन्र्तगत स्वास्थ प्याकेजमा २५ प्रतिशत, रुटिन टेष्टमा २५ प्रतिशत, कोभिड टेस्ट एक हजार रुपैंयाँमा र कोभिड र्यापिड एजेन्ट टेस्टक सात सय ५० रुपैंयाँमा गर्न सकिने छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।