Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बीपीबाट देशको जटिल अवस्थामा बहस गर्न सिकौं: बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने बताएका छन् । आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कंग्रेसद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उस्तो बताएका हुन् । 

उनले  भनेका ‘बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्न सिकौं । एक अर्कालाई दोष नलाऊ । जनतालाई सुशासन र समृद्धिको फल दिऊँ । यसलाई गम्भीर तरिकाले लिउ ।’

यसैबीच उनले टीआरसी विधेयक देशको साझा विषय भएकोसमेत बताएका छन् । उनले भने टीआरसी विधेयकलाई छिटो टुङ्ग्याऊँ, सबै मिलेर हल गरेनौँ भने जनताले पत्याउदैनन् । यो नमिलाएसम्म लोकतन्त्रको डम्फु बजाएर काम छैन ।