Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

दाङमा आज आइतबार बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा बर्दियाबाट दाङको चखौरा वनभोजका लागि गएकाहरु घाइते भएका हुन् । उनीहरु दंगीशरण–३ को थारु सङ्ग्रहालय रहेको चखौरामा वनभोजका लागि जान लागेका थिए ।

 इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।