Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेदैमा

काठमाडौँ जिल्ला अदालतमा चलिरहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बिहान साँढे १० बजेदेखि सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । गत आइतबारदेखि सुरु अन्तिम सुनुवाइमा आज पनि वादी पक्षका कानुन व्यवसायीहरूको बहस नसकिएपछि सुनुवाई हेर्दाहेदैमा राखिएको हो ।

भोलि पनि वादी पक्षका कानुन व्यवसायीबाट नै बहस बहस सुरु हुनेछ । वादीका पक्षको बहस सकिएपछि भोलि क्रिकेटर लामिछानेका कानुन व्यवसायीहरूले बहस  गर्नेछन् ।