Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्रीको सम्बोधन:

सरकारको एक वर्ष: आफ्नै हुटहुटीअनुसार काम गर्न नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति (पूर्णपाठसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चाहनाअनुसार सरकारका काम कारबाही अगाडि बढ्न नसकेको स्वीकार गरेका छन् ।आफू नेतृत्वको सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगरबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आज म देशवासीसामु स्वीकार गर्छु कि सरकार असफल त भएको छैन, तर मेरो आफ्नै हुटहुटीअनुसार परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस त खोस्न छोडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु ।’ पूर्वाधार कति बने भन्ने नभई कति बन्न सक्थ्यो भन्ने समीक्षामा आफू रहेको उनले उल्लेख गरे । उनले अब सरकारको काम गर्ने शैली सुधार्न गर्ने घोषणा गरे ।

भिडियो:

उनले पूर्व निर्धारित र अपरिहार्यबाहेकका कार्यक्रममा मात्रै सहभागी हुने जनाए । ‘पूर्वनिर्धारित र अपरिहार्यबाहेकका बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम बजेटको तयार र विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुने छ’, उनले भने ।

उनले यही साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संरचनागत सुधार गर्ने योजना सुनाए । उनले यसलाई सिंगो राज्यका लागि एउटा संकेत र सन्देशका रूपमा व्याख्या गरे । अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

हेर्नुहोस् पूर्णपाठः