Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

धादिङको रोराङमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बेनिघाट रोराङ ९ लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुई तर्फी बाटो बन्द भएको छ ।

अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी गराएको छ ।