Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

घरजग्गाको कारोबार बढ्यो

 घरजग्गाको कारोबार मंसिरमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकानुसार कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार बढेको हो ।

विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको छ । कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो । तथ्यांकानुसार मंसिरमा १६ हजारले कारोबार बढेको हो । विभागका अनुसार देशभरका मालपोत कार्यलयहरूले मंसिरमा करिब तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् ।

घरजग्गा कारोबारबाट मंसिरमा दुई अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।