Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जिल्ला अदालतमा धरौटी बुझाएसँगै पूर्वगृहमन्त्री खाँणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ ।

बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाट उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभाग लगिएको हो । पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनले जिल्ला अदालत पुगेर धरौटी बराबरको ग्यारेन्टी पेश गरेका हुन् ।

यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । अख्तियारले उनलाई तारेखमा छाड्न लागेको स्रोतले खबरहबलाई बतायो ।