Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 चितवनको इच्छाकामना मन्दिरनजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–२, चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।