Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनवीर खड्काको परिवारलाई नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई  नगरपालिकाले सो रकम प्रदान गरेको हो ।

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।