त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको उडानबाट गए राति बिहीबार काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो ।
उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । उनीबाट बरामद भएको सुन आज ९शुक्रबार० जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने महानिर्देशक पौडेलले जानकारी दिएका छन् । उनकाअनुसार घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ । अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ ।
घले बुधबारै फ्लाइ दुबईको उडानबाटबाट नेपाल आउन लागेको जानकारी आएको थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी बढाइएको थियो । बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले थप निगरानी बढाएका थिए । विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए । उनलाई झर्ने वित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।
भिडियो हेर्नुहोस्-