अमेरिकाको ब्राउन युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर रामु खरेलले नेपालमा प्राथमिक स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्न जरुरी रहेको बताएका छन् । नेपाल न्युज बैंकसँगको संवादमा उनले, ह्दयाघात, मस्तिष्काघात लगायतका कतिपय रोगमा मानिसहरुले तत्कालै प्राथमिक स्वास्थ्य उपचार पाउनुपर्ने भए पनि नेपालमा त्यो अवस्था नरहेको बताए ।
‘आकस्मिक सेवा सुधार गर्नु भनेको सानोतिनो कुरा हुँदै होइन । पहिले त आकस्मिक सेवा के हो बुझ्नु पर्छ । आकस्मिक सेवा भनेको यदि तपाई कुनै पनि गाउँमा हुनुहुन्छ यदि तपाईलाई केही आकस्मिक कुराहरु भयो । अब बिरामीलाई थाहा हुँदैन की आकस्मिक हो होइन,’ उनले भने ‘तपाईलाई छाती दुख्ला रे, तपाईलाई टाउको दुख्ला रे । त्यो टाउको दुखेको स्ट्रोक हो की होइन तपाईलाई ब्लिडिङ भाको छ कि छैन । या तपाईलाई छाती दुखेको छ, हार्ट एट्याक हो की होइन ? त्यो थाहा पाउन त एउटा सेवा, सर्भिस चाहियो । तपाईलाई थाहा हँुदैन ।’
एक त बिरामीले आफूलाई के भएको हो भन्ने थाहा नपाउनु, अर्कातिर स्वास्थ्य परीक्षणको सेवा सर्वसुलभ नहुनुले समयमै उपचार सेवा नपाएर धेरै नेपालीले मृत्युवरण गरिरहेको उनको अनुमान छ ।
‘हार्ट एट्याक भएपछि चार घण्टाभित्र केही गर्नुपर्छ । हाम्रो देशमा त्यो छँदै छैन । यदि कसैलाई गाउँमा हार्ट एट्याक हुन्छ भने उसको मृत्यु भए बराबर हो । तर तपाईलाई अमेरिकामा हार्ट एट्याक हुन्छ भने तपाई बाँच्नु हुन्छ,’ उनले भने ।
२०७२ सालको भूकम्पपछि प्रभावित क्षेत्रमा आएर सहायतामा खटिएका डा. खरेलले त्यतिबेलैदेखि नेपालको प्राथमिक स्वास्थ्य सुधारको आवश्यकता महसुस गरेको बताए । गुल्मीमा जन्मिएर १२ वर्षको हुँदा अमेरिका टेकेका उनले अब नेपालको प्राथमिक स्वास्थ्यमा केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ काम थालेको स्मरण गरे । आफूले नेपालमा काम थालेको पछिल्लो करिब ८ वर्षको अवधिमा नेपालको प्राथमिक स्वास्थ्यको क्षेत्रमा केही सुधार भए पनि आशा गरे जस्तो प्रगति नभएको उनको अनुभव छ । नेपालमा काम गर्न चाहनेका लागि समेत चुस्तदुरुस्त प्रशासन संयन्त्र नभएको भन्दै उनले सुधारका लागि बहाना बनाउने भन्दा पनि सकेको प्रयास गर्नुपर्ने बताए ।
-प्राथमिक स्वास्थ्य सुधारको संन्देश दिन निर्माण भइरहेको छोटो भिडियोमा मुख्य भूमिका निर्वाह गर्नु भएको छ । संयोग कि नायक बन्ने रहर ?
- भिडियोमार्फत दिन खोजेको सन्देश के हो ?
- २०१५ मै नेपालको आकस्मिक स्वास्थ्य सेवा एकदमै खराब अवस्थामा रहेछ भन्ने लागेर यो क्षेत्रमा काम गर्न थाल्नु भयो, यसपटक जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा पनि पुग्नु भो
कुनै फरक पाउनु भो पहिले र अहिले ?
- प्राथमिक स्वास्थ्यमा भूकम्प प्रभावित क्षेत्रका आम नागरिकको ज्ञान कस्तो पाउनु भयो ?
- पहिलेका तुलनामा हेर्दा केही सकरात्मक काम भइरहेका छन् भन्ने लाग्छ की हुनुपर्ने केही भएकै छैन ?
- प्राथमिक स्वास्थ्य सुधारकै प्रयासस्वरुप त्रिवि शिक्षण अस्पतालमा पोइजन सेन्टर स्थापना गर्नु भएको छ । त्यसको उद्देश्य के हो ?
- तपाईँले त बाहिर पनि प्राथमिक स्वास्थ्यबारे काम गर्नु भएको छ नेपाल र अन्य देशमा काम गर्दाको फरक अनुभव त्यस्तै केही ?
- १२ वर्षको उमेरमै देश छोडेर अमेरिका पुगेको मान्छे तपाईलाई फेरि नेपाल केले तान्यो ?
- अनि नेपाल आएर काम गर्न थालेपछि बेकार आइएछ बेकार थालिएछ भन्ने त लाग्या छैन नि त्यस्तो फ्रस्टेसन् केही ?
- त्यस्तो अनुभव हुँदाहुँदै फेरि पनि केही गरौँ भन्ने लाग्नुको केही विशेष कारण ?
- नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि केही विशेष थप योजना छन् ?