Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनसेल सिईओलाई अर्थ समितिको छलफलमा बोलाउन डाक्टर वाग्लेको माग

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले, एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई नै अर्थ समितिमा छलफलका लागि बोलाउन माग गरेका छन् । 

बुधबारको संसदको अर्थ समिति बैठकमा डाक्टर वाग्लेले, एनसेल बिक्रीले, आर्थिक कुशासन र लगानी विकर्षणबारे नीतिगत समिक्षा आवश्यक भएको भन्दै छलफलका लागि बोलाउन माग गरे ।  उनले भने ‘एनसेलको बिक्रीले, उजागर गरेका आर्थिक कुशासन र लगानी विकर्षणबारे एउटा वृहद नीतिगत समिक्षा अब आवश्यक भएको छ र यहाँलाई मैले विनम्र अनुरोध गरेको छु । आक्जियाटा कम्पनीको सिईओलाई नै किन अर्थ समितिले पत्र काटोस् । त्यसको लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौं ।’

त्यस्तै उनले एनसेल बिक्रीलाई भ्रष्टाचारको रामायण काण्डको उपमा दिए ।  ‘भ्रष्टाचारको रामायण काण्डहरुको चै नेपालमा एकपछि अर्को पर्दापण भईरहेका छन् । त्यो देखिरहेका छौं । नक्कली शरणार्थी काण्ड, सुन काण्ड, स्कट मार्केट काण्ड, हुँदै आज हामी एनसेल काण्डसम्म आईपुगेका छौं ।’ उनले भने ।