Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

झिनो अंकले घट्यो नेप्से, कतिकाे भयाे कारोबार?

पछिल्ला ६ दिनदेखि नेप्से लगातार ओरालो लागेको छ । सोमबार नेप्से झिनो अंक घटेर बन्द भएको छ । नेप्से परिसूचक ३‍‍.४२ अंकले घटेर १८४७.८१ विन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन एक अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

२९२ धितोपत्रका ३८ लाख ९६ हजार २८७ कित्ता खरिद–बिक्री भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ कायम भएको छ । सोनापुर मिनेरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको सात करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३ मध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक ०.९७ प्रतिशतले वृद्धि भएको हो । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।