Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दुई दिनमा १२४ करोड २४ लाख भारू कमायो  रणवीरको 'एनिमल' ले,विक्कीको 'सामबहादुर'ले कति ?

गत शुक्रबारदेखि रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' र विक्की कौशल अभिनीत फिल्म 'सामबहादुर' प्रदर्शन भइरहेको छ। 

बक्स अफिसमा रणवीर कपूरको 'एनिमल' ले आक्रामक कमाइ गरिरहँदा विक्की कौशलको फिल्म 'सामबहादुर' ले औसत कमाइ गरिहेको छ।  भारतीय सञ्चारमाध्यक दैनिक भास्करका अनुसार भारतीय बक्स अफिसमा ुएनिमलु ले दुई दिनमा १२४ करोड २४ लाख भारू कमाइ गरेको छ भने 'सामबहादुर' ले १५ करोड २५ लाख भारू कमाएको छ। 

६ करोड २५ लाखमा ओपनिङ गरेको फिल्म 'सामबहादुर' ले दोस्रो दिन ९ करोड भारू कमाएको हो।  ६३ करोड ८ लाख भारूमा ओपनिङ गरेको फिल्म 'एनिमल' ले दोस्रो ६० करोड ९२ लाख भारू कमाएको हो। हिन्दी संस्करणमा ५४ करोड ७५ लाखमा ओपनिङ गरेसँगै एनिमल सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। 

६५ करोड ५० लाख भारू कमाउँदै 'जवान' पहिलो स्थान छ भने ५५ करोड भारू कमाउँदै 'पठान' दोस्रो स्थानमा छ। 'एनिमल' ले पहिलो दिन विश्वभरबाट ११६ करोड कमाएको छ।  सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म 'एनिमल' मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनकी श्रीमतीको भूमिकामा देखिएका छन्।

फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्। फिल्ममा बावु र छोराको सम्बन्धको कथा देखाइएको छ। मेघना गुल्जारले निर्देशन गरेको फिल्म 'सामबहादुर' मा विक्कीसँगै सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारको अभिनय छ। फिल्ममा रोनी स्क्रूवालाको लगानी छ।

फिल्मको कथा भवानी ऐय्यर, शान्तनु श्रीवास्तव र मेघना गुलजारले मिलेर तयार पारेका हुन्। फिल्ममा सन् १९७१ को भारत-पाकिस्तानको युद्धको परिवेशलाई देखाइएको छ।