Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बजेट प्रतिस्थापन विधेयकमा मनपरी गरिएको भन्दै कोशीमा एमालेले जनायो विरोध

आफैंले समर्थन गरेर बनाएका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पालाको बजेट तथा योजना कटौती गरेको भन्दै नेकपा एमालेले मंगलबार कोशी प्रदेश सभामा विरोध जनाएको छ। 

आजको प्रदेश सभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सासदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखको आसनमा रहेका इस्राइल मन्सुरीले एमाले उपनेता राम रानालाई बोल्न समय दिएका थिए। बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा मनपरी गरिएको एमालेको आरोप छ। उपनेता रानाले बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गरे। 

'यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छ कि छैन?', उनले भने।  सरकारले प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति एमाले, राप्रपा तथा कांग्रेसकै सांसदहरूले पनि विरोध जनाएका छन्। अहिले प्रदेश सभामा बजेटमाथि छलफल जारी छ।