Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह दशरथ रंगशालामा हुने (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

आगामी पुस २ गते राजधानीमा हुने समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।  

समारोहमा भाग लिने विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने छ भने तोकिएको पोशाकमा समारोहस्थलमा उपस्थित हुनुपर्नेछ । जसअनुसार छात्रहरूले आफू खुशी पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनु पर्नेछ ।

यस्तै छात्राहरूले औपचारिक पोशाक वा साडी,   ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनुपर्नेछ ।  

screenshot-2023-11-27-080925_FtJIHI4bVx.webp२.webp