Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सम्मानबाट  डराउँछन् अभिनेता सलमान खान, यस्तो छ कारण

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'टाइगर ३' प्रदर्शन भइरहेको छ।  यस फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाशमीको मुख्य भूमिका छ। फिल्मले १४ दिनमा भारतीय बक्स अफिसमा २६४ करोड ६७ लाख भारू कमाएको छ। यसैबीच सलमान खानले आफ्नो व्यक्तिगत जीवनबारे कुराकानी गरेका छन्। 

उनले भारतीय सञ्चारमाध्यम पिंकभिलामा आफूलाई केसँग डर लाग्छ भन्नेबारे खुलासा गरेका छन्।'म सम्मानबाट डराउँछु। कसैलाई निराश गर्नबाट डराउँछु। जसले मलाई माया गर्छन्, ती व्यक्तिहरूको नजरमा आफ्नो सम्मान गुमाउनु हुन्न भन्ने लाग्छ। यो बाहेक अन्य केही कुरासँग डर लाग्दैन,' उनले भने।

सलमान खान 'टाइगर ३' पछि 'टाइगर भर्सेस पठान' मा देखिनेछन्। यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। जसमा सलमान खान र शाहरूख खानको मुख्य भूमिका रहनेछ।