Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीद्वारा शपथ ग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको यही मंसिर सात गते बिहीबार बसेको चार सय ९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आवद्ध रहेका छन् ।