Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

यो संघीयता हटाउने जनविद्रोह हो: दुर्गा प्रसाईं

व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन् । Durga Prasai(2).jpgकाठमाडौं बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे ।  

Photo (1).jpg

हाम्रो युवाहरु बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो ।Photo (11) (2).jpg

म मर्न चहान्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो ।Photo (13).jpg

हामीले धेरै खप्यौं । यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा विद्रोहको विरुवा रोपियो ।’Photo (3) (1).jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए ।

Photo (4) (1).jpg

उनले प्रचण्डलाई जनता माझ आउन आग्रह गरे । Photo (6) (1).jpg

उनले भने, ‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस् । हिजो यही जनताले पु¥याएको हो तपाईलाई ठाउँमा । जनतालाई जिम्मा लगाउनु, अब तपाईहरुले सक्नु भएन ।’

Photo (8) (1).jpg

मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनि उनले लगाए ।  यो देशबाट सबैभन्दा बढी सुन तस्करी हुन्छ ।Photo (9) (1).jpg

यहाँबाट भारत जान्छ, यहाँबाट नक्कली भारतीय रुपैयाँ भारत जान्छ । यहाँ रक्तचन्दन, सुपारी तस्करी हुन्छ, कलकारखाना बन्द हुन्छ, राजाको समयमा हाम्रो देश उद्योग युगमा परिणत भईसकेको थियो,’ उनले भने, ‘तर आज ती उद्योग कारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाएर यो देशमा रक्सी, चुरोट ल्याएर ट्रेनिङ सेन्टर बनाइयो,  मारवाडीहरुको इसारामा यो देशलाई तस्करीको स्थान बनाइयो ।’