प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । मोबाइल नेटवर्क कमजोर पार्न प्रहरीले जामर भेहिकल प्रविधिको प्रयोग गरेको हो ।
प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गर्दै आएको छ । बल्खुमा दुर्गा प्रसाईंको र तीनकुनेमा युवासंघको कार्यक्रम छ । युवासंघ र प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्छ । जसकारण मोबाइल फोन र मोबाइलको आधार स्टेसन बीचको सञ्चार टुट्छ । जामरको रेन्जमा रहेका सबै मोबाइल फोनहरू अवरुद्ध हुने गर्छ ।