Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य स्थिर, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । भने बुधबार ३०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार  १० रुपैयाँले घटेर तोलाको १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।