Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दोहोरो अंकले घट्यो शेयर बजार, कतिको भयो कारोवार?

सेयर बजार आज मंगलबार दोहोरो अंकले घटेको छ । 

मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ । 

यसदिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।