बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

काठमाडौंबाट २४ जुवाडे पक्राउ

काठमाडौंबाट २४ जुवाडे पक्राउ

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • काठमाडौंबाट २४ जुवाडे पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका–२६, पवित्रनगरस्थित प्रविन गेस्टहाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा आइतबार साँझ प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।

     पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–८ का ४२ वर्षीय सुरेन्द्र जबेगुसहितका व्यक्तिहरू छन् । नगद ६२ हजार ४०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आइतबारै साँझ सोही गेस्टहाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाँचथरकै फाल्गुनन्द गाउँपालिका–४ की ४० वर्षीया एन्जिला लिम्बूसहितका व्यक्तिहरू छन् । नगद ४९ हजार ५५० रुपैयाँ र आठ गेडा ओखरसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यस्तै, काठमाडौं महानगरपालिका–१३, कालीमाटीस्थित तरकारी बजारको सडकपेटीमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई कालीमाटीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय आसमान परियारसहितका व्यक्तिहरू छन् । आइतबार राति नगद ३९ हजार रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार