बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

दोस्रो सातामा कस्तो चल्दैछ निश्चल बस्नेतद्वारा निर्देशित ‘दिमाग खराब’?

दोस्रो सातामा कस्तो चल्दैछ निश्चल बस्नेतद्वारा निर्देशित ‘दिमाग खराब’?

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • दोस्रो सातामा कस्तो चल्दैछ निश्चल बस्नेतद्वारा निर्देशित ‘दिमाग खराब’?

    निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शनरत छ ।  उत्साहजनक शोजका साथ दोस्रो सातामा प्रदर्शनरत फिल्मले व्यवसाय पनि राम्रो  गरिरहेको छ । शनिवार यो फिल्मका धेरै शोजहरू हाउसफुल देखिएका थिए । आइतवार पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । 

    मल्टिप्लेक्स अन्तर्गतका हलमा बूकिङ हेर्ने हो भने अधिकांश शोजहरू हाउसफुल हुने चरणमा देखिएको छ । छठ पर्वको विदाको फाइदा फिल्मलाई मिलेको छ ।  तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’को ‘वर्ड अफ माउथ’ अब्बल छ । अब, केही साता नयाँ नेपाली फिल्म नभएकाले त्यसको फाइदा पनि यसले उठाउन सक्छ ।  यद्यपि, हलहरुको संस्था नेपाल चलचित्र संघसँग मंगलवार हुने फिल्मको टिमको छलफल कसरी अगाडि बढ्छ भन्ने कुराले पनि त्यसको निर्धारण गर्छ ।  दर्शक बढिरहँदा पनि हलले पर्याप्त शो नदिएको भन्दै फिल्मको निर्माण पक्षले शुक्रवारबाट प्रदर्शन रोक्ने निर्णय लिएको थियो ।

    images
    images
    images

    गत बिहीवार नेपाल चलचित्र संघसँग भएको छलफल सकारात्मक भएपछि फिल्मको प्रदर्शन मंगलवारसम्म नरोक्ने सहमति भएको थियो । मंगलवार बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति छ ।  सामाजिक–राजनीतिक विषयमा निर्माण भएको यो फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराललगायतको शीर्ष अभिनय छ ।  फिल्मको कथा आकाश बरालले लेखेका हुन् भने रौनक विक्रम कंडेल फिल्मको निर्माता हुन् ।

    images

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार