Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

तिहारमा उपत्यकामा १३३ जना जुवाडे पक्राउ’, ३५ लाख बरामद

काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रहरीले यो वर्षको तिहार अवधिमा मात्र जुवातास खेल्ने १३३ जनालाई पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१४ जुवा ‘अपरेसन’बाट १३३ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । पक्राउ परेकाहरूबाट प्रहरीले ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद गरेको छ । उनीहरूका साथबाट ६९ बुक तास समेत बरामद गरिएको छ ।

जुवातासबाहेक तिहारका समयमा पटाका किनेबेच गर्ने आठजनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूका साथबाट १९ हजार १३६ थान पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।