Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

तिहारको रौनक: सयपत्री र मखमली माला बेच्न कलंकी,बल्खु लगायत सडक छेउ बसेका व्यापारी (फोटो फिाचर)

 नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ ।

Photo (10).jpeg

तिहार शुरु भएसँगै व्यापारीलाई सयपत्री फूलको माला बेच्न पनि भ्याइनभ्याइ छ ।

Photo (11).jpeg

कालीमाटी, न्युरोड लगायतका ठाउँमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ ।

Photo (2).jpeg

विशेषगरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म सयपत्री फूलको माला बढी बिक्री वितरण हुने गर्दछ ।

Photo (3).jpeg

घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ–गाउँबाट सयपत्रीको माला काठमाण्डौ उपत्यकामा भित्रिएको छ ।

Photo (4).jpeg

केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

Photo (5).jpeg

तर पछिल्लो वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ ।

Photo (6).jpeg

मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ ।  

Photo (7).jpeg