चन्द्रागिरि नगरपालिकाले बालश्रम मुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यमक्रमहरु संचालन गरिरहेको छ। यसैअनुसार कात्तिक २३ गते वडा नं. ८ मा बालश्रम भए नभएकोबारे अनुगमन गरिएको छ।
बाल विकास समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीममा संचालित ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानशिलता विकास परियोजना अन्र्तगत काठमाण्डौ जिल्लाको चन्द्रागिरि नगरपालिकामा विगत ५ वर्षदेखि शिक्षा, स्वास्थ्य र जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाले ‘बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५’ को लक्ष्य अनुरुप वि.स. २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त प्रकारको बालश्रम निवारण गर्ने र वि।स। २०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गर्न योगदान पुराउने उधेश्य अनुरुप बालश्रम निवारणको लागि ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७’ अवलम्बन गर्दै बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यमक्रमहरु संचालन गरिरहेको छ ।

यसै क्रममा चन्द्रागिरि नगरपालिकाको कार्यपालिलका बैठकबाट यस नगरपालिकाका ५,६,८,११, र १५ वडाले बाल श्रममुक्त वडा घोषणा गर्न निर्णय गरेर कार्यपालिकाबाट अनुमोदन भइसकेको अवस्था छ। कात्तिक २३ गते वडा नं. ८ मा बालश्रम भए नभएकोबारे अनुगमन गरिएको छ। अनुगमनमा ३ जना बालिका विद्यालय विदाको दिनमा आमासँग काम गर्न आएको अवस्था थियो । ५ वटा कारखानामा अनुगमन भएको थियो । जस्तै पाउँ, तितौरा, अचार, पस्मिना, पानीको उद्योगहरुमा अनुगमन गरिएको हो ।

अनुगमनमा वडा नं.८ का ५ जना जनप्रतिनिधी, बाल अधिकार समिती, बाल क्लव, बाल विकास समाज , बाल रक्षा अभियानका प्रतिनिधिहरुकाृ सहभागितामा भएको थियो । वडा कार्यालयले छिटै नै आफनो वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने अवस्थामा छ । वडा कार्यालय बालश्रम मुक्त वडा बनाउन २० वटा सुचक पुरा गर्न अगाडी बढेको अवस्था छ ।
वडाका प्रतिनिधीहरुलाई श्रम तथा रोजगार कार्यालय टेकुका कार्यालय प्रमुख सुजन जोजिजुले अभिमुखिकरणमा सहजीकरण गर्नभएको थियो । यस पटकको अनुगमन ढाक्सी एरियामा गरिएको थियो। तिहारपछि जनचेतनामुलक माइकिङ गर्ने निर्णय गरिएको छ।