Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

यस्तो भन्छन्, ‘दिमाग खराब’ हेर्न हलमै पुगेका रवि र बालेन

एक किसिमले भन्दा ‘दिमाग खराब’को प्रिमियर नेता बहुल देखियो । राष्ट्रिय स्वतन्त्र पार्टीका आधा दर्जन सांसद फिल्म हेर्न पुगेका थिए । प्रिमियरको हुलमा रवि लामिछानेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसम्म थिए ।

सितिमिति पूरै समय हलमा नबिताएका रवि र बालेनले ‘दिमाग खराब’लाई भने पूरै समय बसेर हेरे । ‘वैकल्पिक राजनीति’को भाष्यसहित राजनीतिमा होमिएका रवि र बालेनले फिल्म हेरेपछि यसको प्रशंसा समेत गर्न भ्याए । बालेन मिडियासँग बोल्न चाहेनन् तर उनले फेसबुकबाट फिल्मबारे प्रतिक्रिया दिएका छन् । रास्वपा सभापति लामिछानेले घुमाउरो ढंगमा ‘दिमाग खराब’लाई कुनैबेलाको चर्चित फिल्म ‘बलिदान’सँग तुलना गरे ।

 ‘चाहे बलिदानको कुरा गर्नुस् र अहिले आएर यो दिमाग खराबको । मैले आजसम्म कुनै पनि फिल्म यसरी हेर्नैपर्छ भनेर भनेको छैन । यो सिनेमाको प्रचारका लागि मलाई बोलाउनुहुन्छ भने म जान तयार छु,’ लामिछानेले भने ।