Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

आइएमई पे र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टबिच एक समझदारी भएको छ ।

जसअनुसार यही नोभेम्बर २४ देखि हुने “नेपाल सुपर लिग २०२३” का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । यो साझेदारीले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।