चालु साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले सेयर बजार ओरालो लागेको छ ।
तीन दिन उकालो लागेको सेयर बजारको बिहीबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ। २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । १९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। बाँकी ११ स्टकको मूल्य भने स्थिर छ। ।
उनीहरुले सेवाग्राहीबाट एक लाख ५० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । केही दिनअघि अख्तियारको टोलीले कटुवाल र अधिकारीलाई सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । दायर गरिएको मुद्दामा उनीहरसँग एक लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।