Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ७५  प्रतिशत विद्यार्थीले गरे ग्रेड प्राप्त

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए।

जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।  ७५।४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्।  १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। 

press.webp