Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एडभान्स बुकिङमा ‘दिमाग खराब’लाई उच्च शो

  ‘दिमाग खराब’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । तिहारको अवसर पारेर एकल प्रदर्शनमा आउन लागेको फिल्मबारे चलचित्र क्षेत्रमा चासो छ । 

निश्चल बस्नेतको ६ बर्षपछि निर्देशनमा कमब्याक फिल्म स्टार कलाकारको अभिनय रहेको फिल्म पनि हो । उक्त फिल्मलाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले शोहरु उपलब्ध गराउँदै एड्भान्स बुकिङ खुलाएका छन् । फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सय बढी शोज प्राप्त गरेको छ ।

फिल्मलाई देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ५८ शोज दिएको छ भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले १४ शोज, एफक्युबले ६ शोज, वान सिनेमाजले दुई हलमा गरी १० शोज, बिग मुभिज र क्यूज सिनेमाजले समान ५र५ शोज, रञ्जना सिनेप्लेक्सले ७ शोज, सिके सिनेमाजले ५ शोज, सिडिसी सिनेमाले ३ शोज दिएको छ । समग्रमा हेर्दा फिल्मको शो उत्साहप्रद रहेको बताएको छ । 

शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ । किनभने दुई दिनपछि बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदै छ ।  ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का लगायतको अभिनय छ ।

फिल्ममा रौनक विक्रम कँडेल निर्मातामा छन्, भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।