Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

क्रिकेट टिमलाई हेमन्त शर्माले दिए ५० हजार

रकम भूकम्पले क्षतिग्रस्त क्रिकेटर चुरानाको घर मर्मतका लागि पठाइने

गायक हेमन्त शर्माले पूर्वघोषित पुरस्कारबापतको ५० हजार रुपैयाँ नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् । मंगलबार बिहान उनले पौडेल र कुशल भुर्तेललाई रकम प्रदान गरेका हुन् । 

 

hemant and cricket team.jpg

आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घोषणा उनले गरेका थिए ।

hemant and kushal vurtel.jpg

शर्माले दिएको रकम जाजरकोट भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुरानाको घर मर्मतका लागि पठाइने क्रिकेट कप्तान पौडेलले जनाएका छन् ।

cricket.jpg

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fhemantsharmasinger%2Fposts%2Fpfbid02hoHYekjCQyQ5SejJkXmdBEQMTWcXcpeM77miZ7fvk7KAXCG9tVXb6Qz6UKnH8zvtl&show_text=true&width=500" width="500" height="760" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>