फिल्म ‘परदेशी २’ ले जाजरकोट भूकम्प पीडितलाई राहतका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । निर्देशक तथा निर्माता नारायण रायमाझीले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने बताए ।
भूकम्पको असहज परिस्थितिको कारण कतिपय विशेष शो स्थगित गरिएको जनाउँदै रायमाझीले अनाथ आश्रमका बालबालिका र वृद्धवृद्धाको लागि च्यारिटी शो गर्न लागिएको बताए ।
अहिले हलमा चलिरहेको यो फिल्मले घरेलु बक्स अफिसमा सन्तोषजनक कमाइ गरिरहेको छ । प्रकाश सपुत, केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा पेश गर्छ ।