Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रश्मिकाको 'डिपफेक' भिडिओ भाइरल, यसो भन्छन् अमिताभ

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  उक्त भिडिओमा रश्मिकाको अनुहार अर्को महिलाको अनुहारमा राखिएको छ। उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देख्न सकिन्छ। 

amitab and rashmika.jpg

यो भिडिओ भाइरल भएपछि उनका फ्यानले नक्कली भएको बताएका छन्। यस विषयमा अभिनेता अमिताभ बच्चनले कानुनी कारबाहीमा जानुपर्ने बताएका छन्।  'यो बलियो कानुनी मामिला हो,' उनले ट्विटरमा भिडिओ सेयर गर्दै लेखेका छन्। रश्मिकाले भने यस भिडिओबारे कुनै प्रतिक्रिया दिएकी छैनन्।  सामाजिक प्रयोगकर्ताले उक्त भिडिओ भारतीय मूलकी बेलायती महिला जारा पटेल रहेको बताएका छन्। जाराले यस भिडिओ ९ अक्टोबरमा पोस्ट गरेकी थिइन्। 

amitab and rashmika2.jpg

अमिताभ र रश्मिकाले 'गुडबाइ' मा सहकार्य गरेका थिए। रश्मिकाले यसै फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन्। रश्मिका आगामी फिल्म 'एनिमल' प्रदर्शनको पर्खाइमा छिन्। फिल्म डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ। रश्मिकाको दक्षिण भारतीय फिल्म 'गीता गोविन्दम' र 'डियर कमरेड' खुब रूचाइएको थियो। उनी फिल्म 'पुष्पाः द राइज' पछि निकै चर्चामा आइन्। बलिउडमा जमेकी उनको चर्चा 'पुष्पा' ले पूरा भारतभर फैलायो।