Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज  ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको  छ।  

९ रुपैयाँले घटेर चाँदी प्रतितोला  १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी १४१५ रुपैयाँ पुगेको थियो।