Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अजय देवगनको 'दीवानगी' को २१ वर्षपछि  सिक्वेल बन्ने

बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्।

अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म 'दीवानगी' को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन गर्नेछन्। निर्देशक अनिस यो फिल्मको कथालाई नयाँ तरिकाले अघि बढाउने योजनामा छन्।

२१ वर्षअघि प्रदर्शन भएको 'दीवानगी' लाई दर्शकले निकै रूचाएका थिए। दर्शकले अजयको पात्रलाई निकै मनपराएका थिए। यस फिल्मको सिक्वेल बन्ने खबर बाहिरिएसँग अजयका फ्यान उत्साहित भएका छन्।