Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भारतले भूकम्पपीडितलाई पहिलो चरणमा पठायो ११ टन राहत सामग्री (तस्बिरहरु)

जाजरकोटलाई केन्द्रविन्दू बनाएकार शुक्रबार आएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकको राहत तथा प्राथमिक उपचारका सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ ।

india-help-earthquake-victim-nepal_NkW43YHt7r.webp

विशेष विमानको पहिलो खेपमा टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायतका अत्यावश्यक ११ टनभन्दा बढी सामग्री आइतबार आएको भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराएका छन् । उनले ती सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । सोमबार अर्को विमान पनि स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु लिएर आउने उनले जानकारी गराए ।

i1.webp

टेन्टलगायत सामानको आवश्यकता बढी भएकाले ती सामग्री थप ल्याउन पहल गरिने उनले बताए । नेपालको भूकम्पमा सहयोग प्रदान गर्ने भारत पहिलो मुलुक बनेको छ । भारतीय राजदूतले करिब १० करोडको सामग्री आइसकेको र आवश्यकताअनुसार अरु पनि सहयोग आउने बताए ।

i.webp

सो अवसरमा उपप्रधानमन्त्री खड्काले भारतको सहयोगका लागि धन्यवाद दिए । विमानस्थलमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि पुगेका थिए ।

india-help-earthquake-victim-nepal-1_CvnRImjwhY.webp