Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लुम्बिनी विकास बैंकद्वारा चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण

लुम्बिनी विकास बैँकको देविघाट शाखाले चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको हो ।

सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैँकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्य कुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो ।

देविघाट शाखाका प्रमुख रमेश कुमार नेपालले बैंकको वर्तमान अबस्था तथा भावि योजनाहरु बारे धारणा व्यक्त गरेका थिए भने उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुले बैँकलाई उक्त प्रिन्टर सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।