Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।

त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।