Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

डा. भट्टराईको सम्झनामा ‘पुतली बाजे’

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पुुतली विज्ञ कोलन स्मिथको निधनप्रति दुख व्यक्त गरेका छन् । पुतली बाजेको उपनामले चिनिने उनी बेलायती नागरिक उनी ५० वर्ष भन्दा बढी नेपालमा पुतलीको खोजीमा बिताएका थिए । डा. भट्टराईका गुुरु समेत रहेका उनको आज पोखरामा निधन भएको हो ।

गोरखामा अध्ययन गर्दा आफूहरुलाई विज्ञान पठाएको स्मरण गर्दै डा. भट्टराईले केही वर्ष पहिले आफूले उनको इच्छा सोधेको र उनले नेपाली नागरिक भएर नेपालमा नै मर्न चाहेको बताएको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा आदरणीय गुरू तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलन स्मिथ, जसलाई स्नेहभावकासाथ ‘पुतली बाजे’ भनिन्थ्यो, को आज (कार्तिक १८) पोखरामा भएको आकस्मिक निधनबाट निःशब्द छु। केही बर्ष पहिले पोखरामा वहाककसंग भेट हुककदा मैले सोधेको थिएकक– ‘तपाईंलाई के इच्छा छ, सर,मैले के गर्न सक्छु?’

वहाककले शान्तभावमा भन्नुभएको थियो– ‘ म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’५० बर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोजअनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोंच र विधिविधानप्रति मलाई निकै लज्जावोध भयो। मैले समेत उच्चतहमा रोइकराइ गरेर वहाककले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो। मलाई वाल्यकालको सम्झना छ। हामी गोरखाको अमर ज्योति हाइस्कूलमा शायद पाककच कक्षामा पढ्थ्यौं। वहाकक हामीलाई विज्ञान पढाउनुहुन्थ्यो।समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चाहार्नुहुन्थ्यो।कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ ऊ..ऊ...पत्ताली “ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हाककस्थ्यौं! ’