Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सलमान खानको फिल्म 'टाइगर ३' को टिजर सार्वजनिक

सलमान खान र कट्रिना कैफ अभिनीत फिल्म 'टाइगर ३'को टिजर सार्वजनिक भएको छ।  शुक्रबार यशराज फिल्म्सको युट्युब च्यानलमार्फत ‘टाइगर इज ब्याक’ नारासहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

 टिजरमा सलमान र इमरान हासमीको टकराव देख्न सकिन्छ। साथै अभिनेत्री कट्रिनाको दमदार एक्सन रहेको छ।  यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्। 

फिल्म हिन्दी, तमिल र तेलगूमा १२ नोभेम्बरदेखि प्रदर्शन हुनेछ।