Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

यसरी हटाउनुहोस् रक्सीको ह्याङ ओभर!

आजभोलि खुशीमा होस् या दुखीमा हामी मदिरा पिउने गर्छौँ । त्यसैले ह्याङ ओभर मदिरा सेवन गर्ने अधिकांशको समस्या बन्ने गर्दछ ।

थोरै पिउने योजनाका साथ शुरु भएको मदिरा पिउने कार्यक्रम पिउँदा पिउँदै धेरै पिउने र अर्को दिन ह्याङ ओभर हुने गर्दछ । यसले उसको शरीरसहित काम पनि प्रभावित हुन्छ । 

यस्तो बेलामा मदिराको ह्याङ ओभरबाट कसरी मुक्ति पाउने त?

– मदिरा पिएर ह्याङ ओभर भए छिनछिनमा पानी पिउने ।

– उपलब्ध भए नरिवलको पानी पिउँदा राम्रो हुन्छ ।

– काँचो अदुवा खाँदा पनि ह्याङओभर हट्न सक्छ ।

– मदिराले शरीरमा ग्लुकोजको मात्रामा कमी गराउँछ त्यसैले गोलभेँडाको जुस खानु पर्छ ।

– ह्याङ भएको बेला केरा खानु पनि लाभदायक हुन्छ ।

– कुरीलोले पनि शरीरको अल्कोहल घटाउँछ ।

– सम्भव भए कुरीलोको अचार खाँदा राम्रो हुन्छ ।